बहुदरमाई नगरपालिकालेपदाधिकारी इन्धन, कार्यालय प्रयोजन तथा अन्य सुविधासहित ४५ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकासँग २९ वटा मोटरसाइकल, तीनवटा सरकारी गाडी, दुईवटा ट्र्याक्टर र एउटा जेनेरेटर रहेको विवरण पठाएको छ । तर कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने यकिन विवरण भने उपलब्ध नगराएको महालेखाले जनाएको छ ।
इन्धन लगबुक, कुपन तथा माग बिलका आधारमा खर्च लेखिएको भएपनि सवारीसाधनअनुसार इन्धन खपतको विवरण स्पष्ट नभएको भन्दै महालेखाले अभिलेख व्यवस्थित गर्न बहुदरमाइ नगरपालिकालाइ सुझाव दिएको छ ।