शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #धरौटीमा रिहा
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार
मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक १०, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेस प्रदेशमा मृत्यु भएपछि मृतकका नाममा भोज गर्ने परम्परा कतिपय परिवारका लागि आर्थिक बोझ बन्दै गएको छ । घरमा आफन्त गुमाएको पीडासँगै क्रियाकर्म र भोजको तयारीमा जुट्नुपर्ने बाध्यताले शोकमा रहेका परिवार थप आर्थिक समस्यामा पर्ने गरेका छन् ।

जात र समुदायअनुसार मृत्यु भएको १३ दिनभित्र तीनदेखि पाँच पटकसम्म भोज गर्नुपर्ने चलन अझै कायम छ । कतिपयले सामाजिक प्रतिष्ठा, मानसम्मान र प्रतिस्पर्धाका नाममा ठूलो भोज आयोजना गर्ने गरेका छन् । यसले गर्दा आर्थिक अवस्था कमजोर भएका परिवारसमेत ऋण लिएर भोज गर्न बाध्य हुने गरेका छन् ।

मृत्यु भोजलाई कतिपयले परम्परा, संस्कृति र संस्कारका रूपमा लिने गरेका छन् । अन्नदानलाई पुण्यको काम मान्ने र भोजले आफन्त तथा परिवारबीचको सम्बन्ध बलियो बनाउने विश्वास पनि छ । तर सामाजिक दबाबमा परेर वा ऋण लिएर भोज गर्नुपर्ने अवस्था भने संस्कृतिका नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादवको भनाइ छ ।

उनले मृत्यु भएपछि अनिवार्य रूपमा भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्रै नभई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन्। समाजले जबर्जस्ती लादेको परम्परा परिवर्तन गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“भोज संस्कार र बाध्यताले नभई स्वेच्छाले हुनुपर्छ,” यादवले भनिन् ।

मधेसमा जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने यादव समुदायमा समेत २५ देखि ५० गाउँका मानिसलाई एकैपटक सहभागी गराएर सभा भोज गर्ने चलन रहेको बताइन्छ । यस्ता भोजमा हुने खर्चले परिवारलाई दीर्घकालीन आर्थिक समस्यामा पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले मृत्यु भोजका नाममा हुने आडम्बरी सभा भोजलाई निरुत्साहित गर्नुपर्ने बताए। भोजलाई प्रोत्साहन गर्नुको सट्टा यसबाट उत्पन्न हुने आर्थिक र सामाजिक समस्याबारे जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार एउटा भोजमा स्वजातीय आफन्त र पाहुनाका लागि ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको पाइन्छ। भोजमा खर्च हुने रकम विपन्न परिवारको जीविकोपार्जन, बालबालिकाको शिक्षा र अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके समाज निर्माणमा सकारात्मक योगदान पुग्ने उनले बताए ।

तीन लाख ऋण लिएर भोज, अझै तिर्न सकिनन्

राजविराज नगरपालिका–१ की दुर्गादेवी रजक मृत्यु भोजका कारण आर्थिक समस्यामा परेको उदाहरण हुन् । सासुको मृत्यु भएपछि भोज गर्न नसक्ने अवस्था रहेको बताउँदा पनि समाजका मानिसले भोज गर्नैपर्ने दबाब दिएको उनको भनाइ छ ।

समाजको दबाबपछि भोज आयोजना गर्न उनले तीन लाख रुपैयाँ ऋण लिनुपरेको थियो। ऋणको ब्याज जसोतसो तिर्दै आए पनि साँवा रकम भने अझै चुक्ता गर्न नसकेको उनले बताइन् ।

दुर्गादेवीजस्ता परिवार मधेसमा धेरै रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताए । उनका अनुसार मृत्यु भोज गर्ने सामाजिक बाध्यताका कारण कतिपय परिवार ऋणमा डुब्ने र वर्षौँसम्म त्यसको भार बोक्नुपर्ने अवस्था छ ।

मृत्यु भोजका नाममा परिवारले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा देवले जोड दिए। शोकमा रहेका परिवारलाई आर्थिक भार थप्नेभन्दा पनि उनीहरूलाई सहयोग र सहानुभूति प्रदान गर्ने सामाजिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ ।

मृत्यु भोज परम्परा र संस्कृतिसँग जोडिएको विषय भए पनि यसलाई बाध्यताका रूपमा निरन्तरता दिने कि समयअनुसार परिवर्तन गर्ने भन्ने बहस मधेसमा महत्त्वपूर्ण बन्दै गएको छ । सामाजिक प्रतिष्ठाभन्दा परिवारको आर्थिक अवस्था र स्वेच्छालाई प्राथमिकता दिन सके मात्रै मृत्यु भोजका नाममा सिर्जना हुने आर्थिक बोझ कम गर्न सकिने सरोकारवालाहरूको धारणा छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १४:४८
#मधेस प्रदेश #सामाजिक कुरीति #आर्थिक बोझ #सामाजिक विकृति #मधेसको संस्कृति #मृत्यु भोज #ऋणको समस्या #रेणु यादव #श्यामसुन्दर यादव #दुर्गादेवी रजक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण शनिबार, असोज ३१, २०८३
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) शनिबार, असोज ३१, २०८३
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं शुक्रबार, असोज ३०, २०८३
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै बिहीबार, असोज २९, २०८३
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
छुटपुर्जी काटेर नेपाली भूमिमै भारतीय गाडी, तस्करीको धन्दा जारी!
छुटपुर्जी काटेर नेपाली भूमिमै भारतीय गाडी, तस्करीको धन्दा जारी! वीरगंज सिटी
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न निर्देशन
वीरगंज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न निर्देशन वीरगंज सिटी
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
उद्यमी मञ्च
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP