पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध मुद्दा पेस गरेको हो ।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको दाबी गरेको छ । सोही प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेस गरिएको हो ।
हाल मुद्दा रुजु हुने प्रक्रियामा रहेको जनाइएको छ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ ।