पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेको दोस्रो नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट बिन्ध्याचल ठाकुर नगर अध्यक्ष चयन भएका छन् । पोखरिया नगरपालिका नगर कमिटीको आयोजनामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा उपाध्यक्षमा सङ्गीता रौनियार, सचिवमा सन्तोष गिरी, उपसचिवमा मुस्तुफा आलम र सुदामा देवी तथा लेखा समिति अध्यक्षमा बिनोदलाल कर्ण लगायत सदस्यसहित चयन गरेको छ ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको उल्लेख गर्दै सरकारले अघि सारेका नीतिहरू सफल बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए । उनले एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी काम गरिरहेको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य अरविन्द सिंह, जिल्ला अध्यक्ष विश्मबर शर्मा, पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहान, उपमेयर रुबी कुमारी ठाकुर, एमालेका इन्चार्ज लक्ष्मी कुशवाहा लगायत नेताहरूको उपस्थिति रहेको थियो । पोखरियाको ओम पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा एमालेका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।