जनकपुरधाम उपमहानगरपालिका-१८, स्थित सडक किनारमा रहेको खाल्डोमा एक पुरुषको शव फेला परेको छ ।
धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार करिब ३५-४० वर्ष उमेरका पुरुषको शव पानी जमेको खाल्डोमा फेला परेको हो ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ । डीएसपी सिंहका अनुसार शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिक अस्पताल पुर्याइएकाे छ ।
शव फेला परेको तर मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । हत्या भएको हो वा दुर्घटनावश खाल्डोमा परेको हो भन्नेबारे हाल पुष्टि हुन बाँकी छ । प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको यथार्थ बाहिर आउने प्रहरीले जनाएकाे छ ।
स्थानीयले बिहान खाल्डोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।