१ लाख ७६ हजार नक्कली नेपाली रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्र ।
सर्लाहीको मलंगवा नगरपालिका-८, गौरकलाली स्थित क्षेत्रबाट नक्कली नेपाली रुपैयाँ १ लाख ७६ हजारसहित पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा महोत्तरी सोनमा गाउँपालिका-५ का ४२ वर्षीय सुल्तान मन्सुर, रौतहट गरुडा नगरपालिका-९ चिनिमिल टोलका ५६ वर्षीय रामनारायण सहनी, सर्लाही धनकौल नगरपालिकाका ४८ वर्षीय दुलार सहनी, सर्लाही ब्रह्मपुरी नगरपालिका-८ का ५० वर्षीय रामपू सहनी र सर्लाही ब्रह्मपुरी गाउँपालिका-२ का २५ वर्षीय सिहानाथ कुमार देवीदत्त रहेका छन् ।
सर्लाही प्रहरीले गस्तीका क्रममा BR 30 C 4766 नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिहरूलाई रोकेर तलासी लिँदा उनीहरूको साथबाट नक्कली नेपाली रुपैयाँ १ लाख ७६ हजार बरामद गरेको हो । प्रहरीका अनुसार नक्कली नोटहरू १,००० दरका ८८ थान (८८,००० रुपैयाँ) र ५०० दरका १७६ थान (८८,००० रुपैयाँ) फेला परेका छन् । साथमा BR 30 AL 3949 नम्बरको अर्को मोटरसाइकल समेत नियन्त्रणमा लिएको हाे ।
पक्राउ परेका व्यक्तिहरूलाई नक्कली नोट सम्बन्धीकाे कसुरमा कारबाही अघि बढाएको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शान्तराज कोइरालाले जनाएको छ ।