काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
उनले छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सोचको विकास गर्दै देशको समग्र विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् । भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् ।’
यसैगरी, उनले मैथिली भाषामा समेत छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।
‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि,’ उनले लेखेका छन् ।