जनकपुरधाम । लोकआस्था र सूर्य उपासनाको महापर्व छठ सम्पन्न भएसँगै जनकपुरधाममा आयोजित प्रसाद ग्रहण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ ।
प्रसाद ग्रहण कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, धनुषाका संघीय सांसद रामविनोद यादव, मनिष झा, धनुषाका शीर्षस्थ नेता लक्ष्मेश्वर यादव, जिल्ला प्रहरी प्रमुख (एसपी), सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका अधिकारीहरू सहभागी भएका थिए ।
त्यसैगरी, रास्वपाको आरएटी विभागका प्रमुख अम्बु प्रसाद साहलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
छठ पर्वको समापनपछि आयोजित प्रसाद ग्रहण कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिताले धार्मिक तथा सामाजिक सद्भाव, आपसी भाइचारा र एकताको सन्देश दिएको छ ।
छठ पर्व मधेशको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा मनाइँदै आएको छ । यस पर्वमा विभिन्न समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई प्रसाद ग्रहण गर्ने तथा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।