शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेसमा सत्ता फेरबदलको खेल तीव्र, चार वर्षमा पाँच मुख्यमन्त्री फेरिए; छैटौंको खोजी सुरु
मधेसमा सत्ता फेरबदलको खेल तीव्र, चार वर्षमा पाँच मुख्यमन्त्री फेरिए; छैटौंको खोजी सुरु
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, कात्तिक ३०, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक चलखेल तीव्र बनेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेले समर्थन फिर्ता लिएपछि यादवले प्रदेशसभामा राजीनामाको घोषणा गरेका थिए ।

राजीनामा घोषणा गर्ने क्रममा मुख्यमन्त्री यादवले एमालेप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । उनले भोजपुरी भाषामा एउटा कथा सुनाउँदै संकटमा परेको गधालाई साधुले उद्धार गरे पनि संकटबाट मुक्त भएपछि त्यही गधाले साधुलाई लात्ती हानेको प्रसंग सुनाएका थिए । उनको अभिव्यक्तिले सत्ता गठबन्धनभित्रको असन्तुष्टि र राजनीतिक अविश्वासलाई स्पष्ट पारेको थियो ।

संघीयता कार्यान्वयनको झन्डै नौ वर्षको अवधिमा मधेस प्रदेश छैटौं मुख्यमन्त्रीको खोजीमा पुगेको छ । पहिलो पाँचवर्षे कार्यकालमा तत्कालीन जनता समाजवादी पार्टी नेपालका मोहम्मद लालबाबु राउत गद्दीले पूरा कार्यकाल सरकार सञ्चालन गरेका थिए । तर, २०७९ मंसिरमा सम्पन्न दोस्रो प्रदेशसभा निर्वाचनपछि भने मधेसमा सरकार परिवर्तनको शृङ्खला तीव्र बनेको छ ।

पछिल्लो झन्डै चार वर्षमा पाँच जना मुख्यमन्त्री फेरिएका छन् भने अब छैटौं मुख्यमन्त्री चयन गर्ने राजनीतिक कसरत सुरु भएको छ । कांग्रेस नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुख सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रदेश प्रमुख लाभले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

तर, नयाँ सरकार गठनका लागि दलहरूबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन । नेकपा एमाले र नेकपाले सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई दिन लचकता देखाएका छन् । यद्यपि, जसपा नेपालभित्रै मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि आन्तरिक विवाद चर्किएको छ ।

पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, सरोजकुमार यादव, जितेन्द्र प्रसाद सोनार तथा अर्थमन्त्री सञ्जय यादव मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।

हाल कायम १०२ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५२ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।


पहिले पाँच वर्ष स्थिर, अहिले सरकार परिवर्तनको शृङ्खला
संघीयता कार्यान्वयनको पहिलो कार्यकालमा पाँच वर्षसम्म एउटै मुख्यमन्त्रीले सरकार सञ्चालन गरेको मधेस प्रदेश दोस्रो कार्यकालमा भने राजनीतिक अस्थिरताको केन्द्र बनेको छ ।

२०७९ मंसिरको निर्वाचनपछि पुस २९ गते जसपा नेपालका सरोजकुमार यादव पहिलो मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्दा उनी पदमुक्त भए ।

त्यसपछि एमाले, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा २०८१ जेठ २५ गते जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बने । तर, आफ्नै पार्टीभित्रको विवादका कारण असोज २८ गते विश्वासको मत लिनुअघि नै उनले प्रदेशसभाबाट राजीनामाको घोषणा गरे ।

सिंहको राजीनामापछि मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनलले दाबी पेस गरेका थिए । जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहित पाँच दलका ५६ प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भए ।

तर, असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले २५ दिनमै राजीनामा दिनुपर्‍यो । सरकार गठन र विघटनको राजनीतिक खेलमा सहभागी नहुने भन्दै तत्कालीन प्रदेशसभा सदस्य रहबर अन्सारीले विश्वासको मत नदिएपछि सोनल नेतृत्वको सरकार संकटमा परेको थियो ।

त्यसपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्ने सम्भावना हुँदाहुँदै प्रदेशसभाको ठूलो दल एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई रातारात एक होटलमा शपथ गराएपछि उक्त कदमको व्यापक आलोचना भएको थियो ।

यादवको नियुक्तिलाई असंवैधानिक भन्दै नेपाली कांग्रेस, जसपा नेपाल, तत्कालीन माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहित ७४ प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि मंसिर १५ गते संक्षिप्त आदेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएपछि मंसिर १७ गते यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिए ।

त्यसपछि एमालेबाहेकका दलहरूको समर्थनमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव २०८२ मंसिर २९ गते मुख्यमन्त्री नियुक्त भए ।

तर, उनको नेतृत्वको सरकार पनि लामो समय टिक्न सकेन । पाँच महिना नपुग्दै जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि एमालेले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागिता जनाएको थियो ।

तर, राजनीतिक सहमति कार्यान्वयन नभएको भन्दै एमालेले कात्तिक १ गते र नेकपाले कात्तिक २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि मुख्यमन्त्री यादवले कात्तिक २९ गते प्रदेशसभाबाट विश्वासको मत लिनुअघि नै राजीनामाको घोषणा गरे ।

यससँगै मधेस प्रदेश फेरि नयाँ सरकार गठनको प्रक्रियामा प्रवेश गरेको छ । पटक–पटक सरकार परिवर्तन भइरहँदा प्रदेशको विकास, सुशासन र संघीयता कार्यान्वयनमा राजनीतिक स्थिरताको प्रश्नसमेत उठ्न थालेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १७:००
#मधेस प्रदेश #मुख्यमन्त्री #मधेस सरकार #लालबाबु राउत #सरोजकुमार यादव #सत्ता गठबन्धन #राजनीतिक समीकरण #कृष्णप्रसाद यादव #नयाँ सरकार गठन #जितेन्द्रप्रसाद सोनार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो निर्वाचन आयोगले
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो निर्वाचन आयोगले सोमबार, कात्तिक ३०, २०८३
आगामी दुई सातासम्म वर्षाको सम्भावना न्यून, अधिकांश भूभागको मौसम सफा रहने
आगामी दुई सातासम्म वर्षाको सम्भावना न्यून, अधिकांश भूभागको मौसम सफा रहने सोमबार, कात्तिक ३०, २०८३
संविधान र कानूनको परिधिभित्र रहेर मात्रै विकास र सुशासन सम्भव : सभामुख अर्याल
संविधान र कानूनको परिधिभित्र रहेर मात्रै विकास र सुशासन सम्भव : सभामुख अर्याल सोमबार, कात्तिक ३०, २०८३
बारामा बजार अनुगमन समिति निष्क्रिय, अधिकांश पसल मूल्यसूचीविहीन; व्यवसायीको मनोमानीले उपभोक्ता मारमा
बारामा बजार अनुगमन समिति निष्क्रिय, अधिकांश पसल मूल्यसूचीविहीन; व्यवसायीको मनोमानीले उपभोक्ता मारमा सोमबार, कात्तिक ३०, २०८३
छठ पर्व सम्पन्न भएपछि जनकपुरधाममा रवि लामिछानेसहित विशिष्ट व्यक्तिहरूले ग्रहण गरे प्रसाद
छठ पर्व सम्पन्न भएपछि जनकपुरधाममा रवि लामिछानेसहित विशिष्ट व्यक्तिहरूले ग्रहण गरे प्रसाद सोमबार, कात्तिक ३०, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटर यात्रा जोडिँदै
जनकपुरधामदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटर यात्रा जोडिँदै आइतबार, कात्तिक २९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण
व्यवसायी सन्तोष सर्राफद्वारा चैनपुरका आर्थिक रूपले कमजोर दर्जनौँ छठ ब्रतालु परिवारलाई पूजा सामग्री वितरण वीरगंज सिटी
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग
चक्रघट्टामा आज शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली वीरगंज सिटी
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने वीरगंज सिटी
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित)
वीरगंज–१६ नगवाको छठघाटमा सरसफाइ छैन, व्यवस्थापनमा कसैको ध्यान छैन (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशले सुरु गर्‍यो खेलाडी छनोट प्रतियोगिता वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP