शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • अदालतको आदेशपछि गम्मरगाँवाका झण्डै १०० परिवार विस्थापित हुने चिन्तामा, डोजर लगाउने चेतावनीले त्रास
अदालतको आदेशपछि गम्मरगाँवाका झण्डै १०० परिवार विस्थापित हुने चिन्तामा, डोजर लगाउने चेतावनीले त्रास
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर २, २०८३
A1 Beakery Add A1 Beakery Add

बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित गम्मरगाँवा टोलको पाँच दशकभन्दा पुरानो बस्ती हटाउन जिल्ला अदालतबाट आदेश भएको खबर सार्वजनिक भएपछि झण्डै एक सय घरपरिवार विस्थापित हुने चिन्तामा परेका छन् ।

वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय अदालतको आदेशपछि आफ्नो घरबास गुम्ने त्रासमा छन् । आदेश कार्यान्वयनका नाममा केही व्यक्तिले बस्तीमै पुगेर तत्काल घर खाली गर्न र अन्यथा डोजर लगाएर भत्काइदिने चेतावनी दिएपछि स्थानीय थप आतंकित बनेका छन् ।

स्थानीयले गत कात्तिक १२ गते भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०८३ अनुसार वडा कार्यालयमार्फत भूमि समस्या समाधान आयोगबाट जग्गाको निस्सा प्राप्त गरेका थिए। तर, निस्सा प्राप्त गरेकै दिन अदालतले बस्ती हटाउने आदेश दिएको खबर पाएपछि उनीहरू अन्योलमा परेका हुन् ।

सुरुमा अदालतले आफूहरूविरुद्ध अन्यायपूर्ण निर्णय नगर्ने विश्वास गरेका स्थानीयले केही दिनपछि अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै व्यक्तिहरू गाउँमै पुगेपछि मात्रै आफ्नो बस्ती जोखिममा परेको महसुस गरेका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीय छोटेलाल चौधरीका अनुसार ४० फिटको सडकसँग जोडिएको उक्त बस्ती हटाउन बारा जिल्लाको प्रसौनी गाउँपालिका–नकटुवाका नरेशप्रसाद यादव लामो समयदेखि सक्रिय छन् । बस्तीको पश्चिमतर्फ यादवको करिब तीन बिघा आठ कठ्ठा जग्गा रहेको र ऐलानी जग्गासमेत जोडेर पाँच बिघाभन्दा बढी क्षेत्रमा खेतीपाती गर्दै आएको चौधरीको दाबी छ ।

उनका अनुसार यादवलाई खेतीपातीका लागि स्थानीयले बस्तीको बीचबाट तीनवटा बाटोसमेत उपलब्ध गराएका छन्। तर, अहिले बस्ती नै हटाएर आफ्नो जग्गालाई सडकसँग जोड्ने उद्देश्यले मुद्दा दायर गरिएको चौधरीको आरोप छ।

‘हामी ४० फिट बाटो छोडेर बसिरहेका छौँ। यो बस्ती आजको होइन, पाँच दशकभन्दा बढी समयदेखिको हो,’ चौधरीले भने, ‘बस्ती नै सडकमा परेको भन्दै मुद्दा दिनु भनेको बस्ती उठाएर आफ्नो जमिन सडकमा जोड्न खोज्ने नियत हो ।’

उनले नालासहितको फराकिलो बाटो छोडेर वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा विपन्न नागरिकको बस्तीलाई सार्वजनिक जग्गामा परेको भन्दै हटाउने आदेश दिनु अन्यायपूर्ण भएको गुनासो गरे । अदालतको आदेशले एकैपटक सयौँ नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

२०७९ मै दायर भएको थियो मुद्दा

बस्तीभन्दा पश्चिमतर्फ जग्गा रहेका यादवले सार्वजनिक बाटोमा बस्ती परेको दाबी गर्दै २०७९ फागुन २ गते स्थानीय बिरजु महतो धानुकसहित १० जनालाई प्रतिवादी बनाएर बारा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

सार्वजनिक जग्गाको अतिक्रमण हटाई घर भत्काएर जग्गा सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै दायर गरिएको उक्त मुद्दामा जिल्ला न्यायाधीश प्रकाश अधिकारीको इजलासले वादीको दाबी पुग्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि यादव पक्षले स्थानीयलाई घर खाली गर्न दबाब दिइरहेको स्थानीयको भनाइ छ। आदेशविरुद्ध स्थानीयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

‘वर्षौंदेखि बसेको घर भत्काए हामी कहाँ जाने ?’

बस्तीमा बसोबास गर्दै आएकी ७० वर्षीया पन्नीदेवी कुर्मी आफ्नो घर भत्किने चिन्ताले निकै तनावमा छिन् ।

‘बस्ती उजाड्न खोजिएको खबरले चिन्तित छु। वर्षौंदेखि बसोबास गर्दै आएको बस्ती भत्काए हामी कहाँ जाने ?’ उनले प्रश्न गर्दै भनिन्, ‘हामीलाई घरविहीन बनाउने यो कस्तो न्याय हो सरकार ?’

स्थानीय उमाकान्त महतोले पनि आफूहरू सडक अतिक्रमण गरेर नबसेको दाबी गरे। ‘हामी सडक मिचेर बसेका छैनौँ । लामो समयदेखि ऐलानी जग्गामा छौँ,’ उनले भने, ‘तर यहाँ सडकको जग्गामा बसेको भनेर हामीलाई हटाउन खोजिँदैछ। यो हामीमाथिको ज्यादती हो ।’

२६ वर्षीय रुपेशकुमार महतोले पनि आफूहरूमाथि अन्याय भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कुर्सीमा बसेर निर्णय गर्ने मात्र नभई विपन्न नागरिकको पीडा बुझ्न सरकारसँग आग्रह गरे ।

स्थानीयले घर भत्काउन डोजरसहित आए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।

वडाध्यक्ष भन्छन् : सयौँ परिवारको गाँस र बास खोसिने अवस्था

जीतपुरसिमरा उपमहानगरपालिका–८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले बस्तीको वास्तविक अवस्था नबुझी अदालतबाट आदेश भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एउटा व्यक्तिको दाबीका आधारमा गरिएको आदेशले सयौँ परिवारको गाँस र बास खोसिने अवस्था आएको उनको भनाइ छ ।

भूमि व्यवस्था मन्त्रालयको निर्णय, भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश तथा स्थानीय सरकारको निर्णय र सिफारिसका आधारमा भूमि समस्या समाधान आयोगमार्फत बस्तीका नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको वडाध्यक्ष कुशवाहाले बताए ।

उनका अनुसार व्यवस्थित गरेर जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने बस्तीलाई हटाउने आदेश दिनु न्यायसंगत देखिँदैन ।

‘ऐलानी जग्गामा बसोबास रहेको बस्ती यो एउटा मात्रै होइन। देशभर यस्तो समस्या छ । त्यसैले सरकारको निर्णयअनुसार निस्सा र जग्गाधनी पुर्जा वितरण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘तर यहाँ कसैलाई पनि बाधा नपुग्ने गरी बसिरहेको बस्तीलाई हटाउन आदेश दिनु कसरी न्यायसंगत मान्न सकिन्छ ?’

अदालतको आदेशपछि गम्मरगाँवाका झण्डै एक सय परिवारको भविष्य अन्योलमा परेको छ । वर्षौंदेखिको बसोबास, भूमिहीनको पहिचान र निस्सा वितरणको प्रक्रियाबीच उत्पन्न विवादले स्थानीयलाई घरबार गुम्ने अवस्थामा पुर्‍याएको छ । अब उच्च अदालतमा हुने पुनरावेदन र सम्बन्धित सरकारी निकायको पहलले उनीहरूको भविष्य निर्धारण गर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०९:००
#बारा #जिल्ला अदालत बारा #सिमरा #जीतपुरसिमरा #भूमि समस्या समाधान आयोग #अव्यवस्थित बसोबासी #ऐलानी जग्गा #घरबारविहीन #भूमिहीन सुकुम्बासी #गम्मरगाँवा बस्ती #बस्ती हटाउने आदेश #जग्गाको निस्सा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मिर्चैयामा दुर्घटना गराएर फरार टिपर फेला, चालक पक्राउ
मिर्चैयामा दुर्घटना गराएर फरार टिपर फेला, चालक पक्राउ बुधबार, मंसिर २, २०८३
बेपत्ता भएको एक सातापछि पुरुषको शव फेला
बेपत्ता भएको एक सातापछि पुरुषको शव फेला बुधबार, मंसिर २, २०८३
गाउँसभा किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा
गाउँसभा किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा बुधबार, मंसिर २, २०८३
सिरहामा ट्याक्टरको ब्याट्री चोरी गरेको आरोपमा दुई जना पक्राउ
सिरहामा ट्याक्टरको ब्याट्री चोरी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, मंसिर २, २०८३
नेपाल–भारत सीमा नजिक रौतहटमा गोली बरामद
नेपाल–भारत सीमा नजिक रौतहटमा गोली बरामद बुधबार, मंसिर २, २०८३
प्रादेशिक अस्पताल जनकपुरको सेवा सुधार गर्न सङ्घीय सरकारको सहयोग गर्ने स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता
प्रादेशिक अस्पताल जनकपुरको सेवा सुधार गर्न सङ्घीय सरकारको सहयोग गर्ने स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP