रौतहटमा प्रहरीले नियन्त्रित लागूऔषध टापेन्टाडोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बाग्मती नगरपालिका–१ निवासी २९ वर्षीय उमेश मल्लिक रहेका छन् ।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती पुलबाट मंगलबार दिउँसो उनलाई पक्राउ गरिएको हो । प्रहरी चौकी पौराईबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मल्लिकको साथबाट १७१ ट्याब्लेट नियन्त्रित लागूऔषध टापेन्टाडोल र नगद ४० हजार ५० रुपैयाँ बरामद गरेको थियो ।
बरामद लागूऔषध र नगदसहित मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।