शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने
विदेशमा हासिल गरेको डिग्रीको समकक्षता अनलाइनबाटै लिन सकिने
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

विदेशका विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीले अब शैक्षिक उपाधिको समकक्षता प्रमाणपत्र अनलाइन प्रणालीबाटै प्राप्त गर्न सक्ने भएका छन् । विश्वविद्यालय अनुदान आयोगले गत साउनदेखि अनलाइनमार्फत समकक्षता प्रमाणपत्र वितरण सुरु गरेको जनाएको छ ।

आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको तीनमहिने प्रगति प्रतिवेदनअनुसार अनलाइन प्रणाली सुरु भएयता ५ हजार ८५१ जना विद्यार्थीले समकक्षताका लागि आवेदन दिएका छन् । तीमध्ये ५ हजार ३७० जनाको आवेदन स्वीकृत भई शुल्कसमेत बुझाइएको छ ।

आयोगका प्रवक्ता तथा निर्देशक केदारप्रसाद आचार्यका अनुसार हालसम्म ३ हजार १०५ जनाले समकक्षता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने बाँकी आवेदन प्रक्रियामा छन् ।

उनका अनुसार आवेदन दिने, स्वीकृत भएपछि शुल्क बुझाउने र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्ने सम्पूर्ण प्रक्रिया अनलाइनबाटै गर्न सकिन्छ । आवेदनमा कुनै त्रुटि देखिएमा मात्र विद्यार्थी आयोगको सानोठिमीस्थित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

आयोगका अध्यक्ष खड्गबहादुर केसीले विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउन पूर्ण रूपमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको बताए ।

शिक्षामन्त्री सस्मित पोखरेललाई बुझाइएको प्रतिवेदनमा विद्यार्थीले सेवा लिन भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता अन्त्य गर्दै छिटो, प्रभावकारी र झन्झटरहित रूपमा प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ ।

यसअघि विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले वितरण गर्दै आएको थियो। गत वर्ष विश्वविद्यालय अनुदान आयोग ऐनमा संशोधन गरी समकक्षतासम्बन्धी जिम्मेवारी आयोगलाई दिइएको थियो । तर, समकक्षता निर्धारणसम्बन्धी नियमावली स्वीकृत नहुँदा हालसम्म त्रिविकै नियमअनुसार प्रक्रिया अघि बढिरहेको आयोगले जनाएको छ ।

नियमावली स्वीकृतिका लागि गत असोज १६ गते शिक्षा मन्त्रालयमा पेस गरिएको आयोगले जनाएको छ । नियमावली स्वीकृत भएपछि समकक्षता प्रमाणपत्र वितरण प्रक्रिया थप छिटो, पारदर्शी र प्रभावकारी हुने आयोगको अपेक्षा छ ।

आयोग ऐन संशोधनको तयारी

आयोगले विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० संशोधन प्रक्रिया पनि अघि बढाएको छ । देश संघीयतामा प्रवेश गरेसँगै प्रदेश विश्वविद्यालय स्थापना हुनुका साथै उच्च शिक्षाको दायरा विस्तार भएकाले सोहीअनुसार ऐन संशोधन गर्न लागिएको अध्यक्ष केसीले बताए ।

ऐन संशोधनका विषयमा सरकारलाई सुझाव दिन आयोगका पूर्वअध्यक्ष भीमप्रसाद सुवेदीको अध्यक्षतामा समिति गठन गरिएको छ।

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्तता दिने योजना

आयोगले त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्ने योजनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई स्वायत्तता प्रदान गर्ने विषयमा छलफल अघि बढाएको छ ।

त्रिविको ठूलो आकार, विद्यार्थी संख्या र परीक्षा प्रणालीमा सुधार गर्ने उद्देश्यले गण्डकी प्रदेशस्थित आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्न सक्ने संस्थाका रूपमा रूपान्तरण गर्ने कार्ययोजनामाथि छलफल भइरहेको आयोगले जनाएको छ ।

त्रिविको पुनर्संरचना र विभिन्न प्रदेशका क्याम्पसलाई स्वायत्तता दिने योजना एक दशकअघिदेखि अघि सारिए पनि कार्यान्वयन हुन सकेको छैन । कानुनी संशोधन आवश्यक रहेको भन्दै त्रिविले पुनर्संरचनाको काम अघि बढाउन सकेको थिएन ।

अनुसन्धानात्मक जर्नल र पीएचडीको मापदण्ड पुनरावलोकन

आयोगले अनुसन्धानात्मक जर्नलहरूको वर्गीकरणलाई निरन्तरता दिने तथा विद्यावारिधि (पीएचडी) को न्यूनतम मापदण्ड पुनरावलोकन गर्ने तयारी पनि गरेको छ । यसका लागि छुट्टाछुट्टै विज्ञ कार्यदल गठन गरी काम अघि बढाइएको अध्यक्ष केसीले जानकारी दिए ।

सन् २०१८ मा स्वीकृत निर्देशिकाअनुसार पहिलोपटक सन् २०२४ मा अनुसन्धानात्मक जर्नलहरूको वर्गीकरण गरिएको थियो। त्यसपछि रोकिएको वर्गीकरणलाई पुनः निरन्तरता दिन लागिएको आयोगले जनाएको छ ।

नेपालमा सञ्चालन भइरहेका पीएचडी कार्यक्रमको विश्वसनीयता र गुणस्तर अभिवृद्धि गर्न त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको छ । त्यस्तै, स्वदेशी अनुसन्धानमूलक जर्नलहरूको गुणस्तर मापन तथा वर्गीकरणका लागि भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख नारायण अधिकारीको संयोजकत्वमा कार्यदल बनाइएको छ ।

आयोगका अनुसार देशभर २९ विश्वविद्यालय तथा सोसरहका प्रतिष्ठान, १ हजार ५०० क्याम्पस र विभिन्न प्राज्ञिक तथा व्यावसायिक संस्थाबाट अनुसन्धानात्मक जर्नल प्रकाशन हुँदै आएका छन् । जर्नलहरूको गुणस्तर र स्तरीकरण सुधार गर्ने उद्देश्यले वर्गीकरणलाई निरन्तरता दिन लागिएको हो ।

त्यस्तै, पीएचडी उपाधिका लागि उम्मेदवार तथा शैक्षिक संस्थाको योग्यता, पूर्वसर्त, अनुसन्धान सुपरिवेक्षक, अनुसन्धान नैतिकतालगायतका मापदण्ड पुनरावलोकन गर्ने तयारी गरिएको छ । हाल यससम्बन्धी व्यवस्था ‘विद्यावारिधि उपाधिका लागि न्यूनतम मापदण्ड तथा कार्यविधि, २०७३’ अनुसार सञ्चालन हुँदै आएको छ ।

राष्ट्रिय योग्यता परीक्षा सञ्चालनको तयारी

उच्च शिक्षाको गुणस्तर सुधारका लागि आयोगले राष्ट्रिय योग्यता परीक्षा (नीट) सञ्चालन गर्ने तयारीसमेत गरेको छ । राष्ट्रिय योग्यता परीक्षा सञ्चालन नियमावली, २०८२ अनुसार परीक्षाको पाठ्यक्रम, सञ्चालन कार्यविधि र वित्तीय मापदण्ड निर्माणको काम भइरहेको आयोगले जनाएको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि उच्च शिक्षाको जुनसुकै तहमा अध्यापन गराउने शिक्षकले राष्ट्रिय योग्यता परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । आयोगले यसलाई उच्च शिक्षामा अध्यापनको गुणस्तर र शैक्षिक मापदण्ड सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:०५
#त्रिभुवन विश्वविद्यालय #शिक्षा मन्त्रालय #अनलाइन सेवा #उच्च शिक्षा #विश्वविद्यालय अनुदान आयोग #पीएचडी #विदेशी डिग्री #समकक्षता प्रमाणपत्र #पृथ्वीनारायण क्याम्पस #राष्ट्रिय योग्यता परीक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने मंगलबार, मंसिर १, २०८३
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी शुक्रबार, कात्तिक २७, २०८३
शैक्षिक वर्ष २०८३/०८४ का लागि त्रिविको स्नातकोत्तर भर्ना तालिका सार्वजनिक
शैक्षिक वर्ष २०८३/०८४ का लागि त्रिविको स्नातकोत्तर भर्ना तालिका सार्वजनिक शुक्रबार, कात्तिक २०, २०८३
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप आइतबार, कात्तिक १५, २०८३
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै बुधबार, कात्तिक ११, २०८३
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य आइतबार, कात्तिक ८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते वीरगंज सिटी
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश
मेयरकाे घर तोडफोड प्रकरण : पुर्पक्षमा रहेका रंजन कुमार सिंह र अबु अयुब हुसेनलाई जनही २ लाख धरौटीमा छाड्न उच्च अदालत वीरगञ्जको आदेश वीरगंज सिटी
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित)
छठपछि वीरगंज बसपार्कमा यात्रुको भीड, गाडी पाउनै मुस्किल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिद्वारा पुरस्कार परेको टिकट नम्बर सार्वजनिक वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा वीरगंज सिटी
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP