नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउन आग्रह गरेको छ ।
विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वविद्यालय परिसरमा प्रवेश गर्ने सबै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई आफ्नो परिचयपत्र साथमा राख्न अनुरोध गरेको हो ।
एनपीएलको तेस्रो संस्करणअन्तर्गतका क्रिकेट खेल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा सञ्चालन हुँदैछन् ।
खेल अवधिमा विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको पहिचान सुनिश्चित गर्न परिचयपत्र साथमा ल्याउन आग्रह गरिएको विश्वविद्यालयले जनाएको छ ।