बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट १३ किलो गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ की शुशिला गोलेलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको टोलीले हेटौडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नम्बरको यात्रुबाहक माइक्रोबस रोकी जाँच गर्दा १३ किलो गाँजा फेला परेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
हाल पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालय बारामा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।