धनुषामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिका–१० स्थित सडकमा शुक्रबार दिउँसो भएको दुर्घटनामा अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारले सडकमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि सरकारी अस्पताल बर्दिबास लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।