बारा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका कार्यालय प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले सिरहा र धनुषाका विभिन्न ट्राफिक प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरेका छन् ।
शनिबार गरिएको अनुगमनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइल, धनुषा तथा मातहतका प्रहरी कार्यालयहरूको वस्तुस्थिति, कार्यसम्पादन र सेवा प्रवाहको अवस्थाबारे निरीक्षण गरिएको हो ।
निरीक्षणका क्रममा कार्यालयहरूको कार्यसम्पादन तथा सेवा प्रवाहको समीक्षा गर्दै प्रमुख बस्नेतले आवश्यक सुधार, आपसी समन्वय र जिम्मेवारीअनुसार प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
त्यसैगरी, ट्राफिक व्यवस्थापनका क्रममा नागरिकमैत्री व्यवहारलाई प्राथमिकता दिन तथा सेवाग्राहीलाई सहज, प्रभावकारी, व्यवस्थित र उत्तरदायी सेवा प्रदान गर्न सम्बन्धित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
कार्यालयहरूको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने, सेवा प्रवाहमा प्रभावकारिता बढाउने तथा जिम्मेवार कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले अनुगमन तथा निरीक्षण गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)