काठमाडौं । उर्जन श्रेष्ठ नेपाली यू–१९ पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
भारतमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुने साफ यू–१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
श्रेष्ठले मंगलबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईबाट आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन् ।
साफ यू–१९ च्याम्पियनसिपमा नेपाल समूह बी मा परेको छ, जहाँ आयोजक भारत र श्रीलंका रहेका छन् । समूह ए मा बंगलादेश, भुटान र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।