स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) काे मतगणनाका लागि प्रतिनिधि पठाउन निर्वाचन समितिले आग्रह गरेकाे छ ।
स्ववीयु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलअनुसार मंगलबार राति १० बजेदेखि मतगणना गर्ने सहमति भए पनि निर्वाचन समितिले मध्यरातमा अचानक सूचना जारी गर्दै मतगणना स्थगित गरिएको जानकारी गराएको थियाे ।
ठाकुरराम क्याम्पसमा १०,७२९ मतदाता रहेकोमा कुल ४,३०६ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ । मतगणना ४ ठाउँबाट गरिने समितिले जानकारी दिएको छ ।
ठाकुरराम स्ववियु निर्वाचन समितिका अनुसार सबै संगठन तथा समूहले बाहिरका व्यक्तिहरूलाई मतगणनामा प्रतिनिधि पठाएको कारण मतगणना स्थगित गरिएको जनाएकाे थियाे । निर्वाचन समिति प्रमुख दिलीप सिंहले बाहिरी प्रतिनिधिहरू संलग्न भएकाले मतगणना स्थगित गरिएको बताएका थिए ।
स्ववीयु सभापति पदका लागि ठाकुरराम क्याम्पसमा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।