स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार देशभरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेका छन् भने, अनेरास्ववियु पछयाइरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार मधेश प्रदेशमा एमाले निकट अनेरास्ववियुले लिड गरिरहेका छन् ।
हालसम्म आएको पछिल्लो मत परिणाम अनुसार जनकपुरस्थित जनक हजारी क्याम्पसमा अनेरास्ववियुका दिपेश बख्रेल, सर्लाहीको चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै हिमाल घिमिरे त्यसैगरी सर्लाहीकै जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै समिर सिंह निर्वाचित भएका छन् ।
मधेश भरीमा नेपाली कांग्रेस निकटका नेविसंघले रौतहटमा मात्रै जित हासिल गरेका छन् । रौतहटको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट जनज्योति बहुमुखी क्याम्पसमा मोहमद नौसाद आलम निर्वाचित भएका छन् ।
अन्य जिल्लाका क्याम्पसहरुमा मतगणना भइरहेको जनाएको छ ।