जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ । मुखियापट्टि मुसर्निया गाउँपालिका–६ मा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गर्नुपरेको हो ।
धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार प्रहरीले भन्सार छलीको सामान नियन्त्रणमा लिने क्रममा स्थानीयले आक्रमणको प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरिएको हो ।
स्थानीय भजु यादवको घरबाट तस्करीका सामान बरामद गर्ने क्रममा प्रहरीले अवरोध खेपेको थियो । आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
हवाई फायरपछि तस्करहरू भागेका थिए भने प्रहरी टोलीले घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरेको छ ।