वीरगन्ज । ७ दिनदेखि रोकिएको वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना प्रक्रिया बुधबार दिउँसो २ बजेदेखि अघि बढाइएको छ ।
निर्वाचन समितिका अनुसार हाल मतगणनाका लागि सहमति गराउने प्रक्रिया तथा मतपेटिका रहेको कक्षको सिलबन्दी खोल्ने कार्य भइरहेको छ । प्रक्रिया पूरा भइसकेपछि केही बेरमै मतगणना सुरु हुने जनाइएको छ ।
स्ववियु सभापति, पदाधिकारी तथा सदस्य पदका लागि गत चैत ५ गते मतदान सम्पन्न भएको थियो। तर, ६ गतेदेखि सुरू भएको मतगणना ७ गते एक मतगणना केन्द्रमा मतपेटिकाको सिल नम्बर नमिलेपछि रोकिएको थियो । मतपेटिका खोल्दा मुचुल्कामा उल्लेख गरिएको नम्बर र वास्तविक नम्बर फरक परेपछि विवाद उत्पन्न भएको थियो ।
उक्त विवाद समाधानका लागि पर्सा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भएको थियो। अन्ततः राजनीतिक दल तथा विद्यार्थी संगठनबीच सहमति जुटेपछि प्रशासनको निर्देशनमा आजदेखि मतगणना प्रक्रिया पुनः अघि बढाइएको हो ।
छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन
जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे
भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति
नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने
मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत
एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ
एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !