पर्सामा किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक जना ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
उजुरीअनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए ।
१० हप्ताको गर्भ पुष्टि
पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेरेको हो ।
प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएकाे छ ।
पर्सा प्रहरीले आरोपी विरुद्ध जबरजस्ती करणीकाे मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।
छोराको हत्यामा अभियुक्त पक्राउ नगरेको भन्दै जनकपुर–भिट्ठामोड सडकखण्डमा विरोध प्रदर्शन
जग्गा विवाद बाबुको पक्राउ पुर्जि, प्रहरीकाे डर त्रासले SEE दिदैँ आएकी किशाेरीले गरीन यस्ताे
भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि तर लक्ष्य अपुरै, तस्करी नियन्त्रण गर्न चुनौति
नाम चलेकै होटलमा किरा परेको दाल र बासी खाना मुख्यमन्त्री एक्सनमा
मधेश प्रदेश र स्थानीय तहबीचको लफडा – मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउन अनुमति दिने
मधेशमा एसईई : परीक्षा निरीक्षक सहित दुई जना पक्राउ, चारजना जनालाई कार्वाही, ४ सय २४ वटा मोबाईल जफत
एसईई परीक्षार्थीले कुन प्रश्न कसरी लेख्ने ? विद्यार्थीलाई सफल बनाउन यसरी गरौँ
एसईई परीक्षा निष्पक्ष गर्न नमानेपछि प्रदेश सरकारले गर्यो बहिस्कार, कुनै प्रकृयामा भाग नलिने अडान !