मोरङ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ले नेपालमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले मुलुकमा खारेज भइसकेको राजतन्त्र फर्कने कुनै आधार नभएको स्पष्ट पारे ।
उनले भने, "नेपालले रगतको शासन खोजेको होइन, जनताको मनको शासन हुनुपर्छ ।"
अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई साधुसन्त वा महात्मा हुनु पर्ने बताउँदै नेपालको राजसंस्था व्यापारीकरण भइसकेको आरोप लगाए ।
हाल चलिरहेको राजसंस्था पक्षधरको आन्दोलनलाई उनले ठूलो षड्यन्त्र (ग्रान्ड डिजाइन) का रूपमा लिनुपर्ने उल्लेख गरे । साथै, अध्यक्ष नेपालले मुलुक सामन्तवादतर्फ उन्मुख भइरहेको चेतावनी पनि दिए ।
उनले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटले पार्टी एकीकरणको संकेत नगर्ने स्पष्ट पार्दै नेकपा (एकीकृत समाजवादी) आफ्नो मार्गमा अघि बढ्ने बताए ।