प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार अब मधेश प्रदेशसभामा पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार, सभामुख रामचन्द्र मण्डलले चैत २६ गते मंगलबार प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम तय भएको जानकारी दिएका छन् । उनले अवरोधलाई त्यस अघि नै हटाउने पनि बताएका छन् । "छलफल अब निष्कर्षमा पुग्न थालेको छ," सभामुख मण्डलले भने ।
प्रधानमन्त्री ओली मधेश प्रदेशसभामा यो दोस्रो पटक सम्बोधन गर्न लागेका हुन्। यसअघि, उनले २०७५ साल भदौ २ गते पनि प्रदेशसभामा सम्बोधन गरेका थिए ।