काठमाडौं । आफूहरूमाथि श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् ।
माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित दबाब दिएका छन् ।
उक्त बैठकमा निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्नुपर्ने निर्णय गरेको हो । तर, आफूहरूले १९ हजार ५०० मात्र पाएको डाक्टरहरूले बताएका छन् ।