मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएको छ ।
मधेश प्रदेशका अध्यक्ष प्रविण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न अधिवेशनले श्रीवास्तवकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनमा मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँड, उपाध्यक्ष दामोदर ढकाल शर्मा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की तथा कारागारका प्रतिनिधि सुनिल चौरसियालगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट उपाध्यक्षमा रुपा पाण्डे, रमनकुमार सिंह र विक्रम बस्नेत चयन हुनुभएको छ । महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिपकुमार पाठक र संजीता कुमारी मण्डल तथा सहसचिवमा मञ्जु कुमारी सिंह र रमेशप्रसाद सरार्फ चयन हुनुभएको छ ।
त्यसैगरी, कोषाध्यक्षमा म. सेराख अली चयन हुनुभएको छ ।
समितिको सदस्यहरूमा मन्नु श्रीवास्तव, रविन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनीत प्रसाद, रञ्जीता कुमारी साह, प्रमोदकुमार साह, मनोजकुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेशकुमार मण्डल र महिमा कुमारी चौधरी चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले मधेश प्रदेशमा मानव अधिकार संरक्षण तथा कैदीबन्दीका न्यायिक सरोकारका विषयमा काम गर्ने जनाएको छ ।