शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न
विज्ञता नमिल्ने कर्मचारीलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालयको सरुवा–नियुक्तिमा प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज ७, २०८३
A1 Beakery Add A1 Beakery Add

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका केही महाशाखामा सम्बन्धित विज्ञता तथा समूह नमिल्ने कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै मन्त्रालयको निर्णयमाथि प्रश्न उठेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गर्दा स्वीकृत दरबन्दी र पदअनुसारको विज्ञतालाई बेवास्ता गरेको आरोप कर्मचारी वृत्तबाट आएको छ । राजनीतिक पहुँचका आधारमा क्लिनिकल तथा कनिष्ठ तहका कर्मचारीलाई प्रशासनिक नेतृत्वको जिम्मेवारी दिइएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुखको दरबन्दी जनस्वास्थ्य प्रशासन समूहको भए पनि हाल हाडजोर्नी विशेषज्ञ डा. ओम अर्याललाई जिम्मेवारी दिइएको छ । जनस्वास्थ्य प्रशासन समूहका कर्मचारीलाई नीति, योजना, व्यवस्थापन तथा प्रशासन सञ्चालनका लागि तयार गरिने भए पनि सो पदमा फरक विशेषज्ञताका चिकित्सकलाई जिम्मेवारी दिइएको हो ।

त्यस्तै, विभागको व्यवस्थापन महाशाखामा फरेन्सिक चिकित्सक डा. वीरेन्द्र मण्डललाई ल्याइएको छ। उक्त महाशाखामा स्वास्थ्य निरीक्षण समूहका जनस्वास्थ्य प्रशासकलाई नेतृत्व दिने व्यवस्था रहेको बताइएको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा समेत पुनः परिवर्तन गरिएको छ । ११औँ तहका अनुज भट्टचनलाई हटाएर बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ। विभागको महानिर्देशक पदमा भने १२औँ तहका अतिरिक्त सचिव रहने व्यवस्था छ।

यसैगरी, नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणनिधि शर्माको सरुवा गरी डा. विवेकुमार लाललाई जिम्मेवारी दिइएको छ। डा. शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्र पठाइएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी रहे पनि केन्द्र प्रमुखमा जनरल हेल्थ सर्भिसेस समूहका डा. सर्वेश शर्मालाई निरन्तरता दिइएको विषयमा पनि प्रश्न उठाइएको छ।

उता, नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टमा १०औँ तहका डा. चित्तरञ्जन शाहलाई जिम्मेवारी दिइएको छ। अस्पतालमा ११औँ तहका चिकित्सकसमेत कार्यरत रहेको अवस्थामा कनिष्ठ तहका चिकित्सकलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै कर्मचारी तहमा असन्तुष्टि देखिएको छ।

देशकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा १२औँ तहको पुल दरबन्दी भए पनि हालसम्म उक्त दरबन्दीमा कर्मचारी पठाइएको छैन। २०७८ सालमा मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालय वा अन्तर्गत कायम प्रमुख विशेषज्ञ १२औँ तहको एक पदलाई पुल दरबन्दी कायम गरी वीर अस्पतालमा खटाउने निर्णय गरेको थियो। हाल वीर अस्पतालको निर्देशकमा ११औँ तहका ग्यास्ट्रो सर्जन डा. विकास नेपाल छन्।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार वरिष्ठता, योग्यता र कार्यक्षमताभन्दा ‘आफूलाई सहज हुने’ कर्मचारीलाई प्राथमिकता दिइएको हुन सक्ने अवस्था देखिएको छ। वरिष्ठ कर्मचारीलाई कनिष्ठको मातहतमा राख्ने तथा दरबन्दीविपरीत पटक–पटक काज सरुवा गर्ने निर्णयले कर्मचारीको मनोबलमा असर परेको ती अधिकारीको भनाइ छ।

के छ संगठन संरचनामा व्यवस्था ?

स्वास्थ्य सेवा विभागको संगठन संरचनाअनुसार महानिर्देशक १२औँ तहका अधिकृत हुने व्यवस्था छ। विभागअन्तर्गतका विभिन्न महाशाखाको नेतृत्व ११औँ तहका निर्देशकले गर्ने प्रावधान छ ।

व्यवस्थापन महाशाखामा स्वास्थ्य निरीक्षण समूह, उपचारात्मक सेवा महाशाखामा जनरल हेल्थ सर्भिसेस, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा स्वास्थ्य/पब्लिक हेल्थ एडमिनिस्ट्रेसन तथा परिवार कल्याण महाशाखामा स्वास्थ्य वा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहका अधिकारीलाई नेतृत्व दिने गरी जिम्मेवारी तोकिएको छ। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व भने नर्सिङ समूहका ११औँ तहका निर्देशकले गर्ने व्यवस्था छ।

त्यस्तै, मन्त्रालयको प्रस्तावित संगठन संरचनामा नीति, योजना तथा अनुसन्धान; स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन; जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि र प्रशासन महाशाखा रहने व्यवस्था गरिएको छ। यी महाशाखामा पनि सम्बन्धित क्षेत्रका अधिकारीलाई जिम्मेवारी दिने गरी समूहगत तथा विशेषज्ञताका आधारमा शाखा विभाजन गरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ०८:३३
#कानुनी कारबाही #क्यान्सर उपचार #आयुर्वेदिक औषधि #औषधि बिक्री वितरण #आयुर्वेद चिकित्सा परिषद् #दर्ता नभएका औषधि #भ्रामक विज्ञापन #पाइल्स उपचार #औषधि प्रचारप्रसार #स्वास्थ्य सूचना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
जबरजस्ती करणी पीडितको गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिन सक्ने
जबरजस्ती करणी पीडितको गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिन सक्ने बिहीबार, मंसिर १०, २०८३
सातै प्रदेशमा ट्रमा सेवा विस्तार गर्ने सरकारको तयारी, छुट्टै सेन्टर कि जनरल अस्पतालसँग आबद्धता भन्ने बहस
सातै प्रदेशमा ट्रमा सेवा विस्तार गर्ने सरकारको तयारी, छुट्टै सेन्टर कि जनरल अस्पतालसँग आबद्धता भन्ने बहस बिहीबार, मंसिर १०, २०८३
सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने
सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने बुधबार, मंसिर ९, २०८३
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक मंगलबार, मंसिर ८, २०८३
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव बिहीबार, मंसिर ३, २०८३
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय  थान कपडा बाँडियो
मेलामा आएका श्रद्धालुलाई वीरगंज कपडा बैंकको उपहार, १ हजार ५ सय थान कपडा बाँडियो वीरगंज सिटी
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP