सर्लाहीको बागमती नगरपालिकामा शंकास्पद बिल विजक सहितको कबाड बोकेको ट्रक नियन्त्रणमा लिइएको छ ।
सर्लाहीकाे बागमती नगरपालिका–११ पूर्व पश्चिम लोकमार्ग सडक खण्डको इ.प्र.का. कविलासी, सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.६ ख ७२७१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लोड गरिएको कबाडको बिल शंकास्पद देखिएकोले सो ट्रक र त्यसमा लोड गरिएको सामान नियन्त्रणमा लिइएको हो ।
प्राप्त जानकारी अनुसार नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य आठ लाख पैंतालीस हजार एकसय छ रुपैया छ पैसा रहेको छ ।
उक्त ट्रक र सामान आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।