सिरहा । नेकपा एमाले सिराहा जिल्ला अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भएका छन् । चैत २६ गतेदेखि सुरु भएको ११औं जिल्ला अधिवेशनले यादवको नेतृत्वमा १३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
यसअघि यादव पार्टीका उपसचिव थिए। नयाँ कार्यसमितिमा उपाध्यक्षमा नवीन यादव, सचिवमा प्रदीप महासेठ, खुला उपसचिवमा शिवशंकर महतो र महिला उपसचिवमा खेमलक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।
सिराहाको अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ ।