सर्लाही । प्रहरीले २४४ किलोग्राम गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका–११ हिरापुरबाट अवैध लागु औषध गाँजा ल्याइरहेको अवस्थामा सोही नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाँजा लुकाएर राखिएको धानको भुस्साको बोरा फेला पारेको हो ।
गाँजासहित चालक चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।