जगरनाथपुर | जगरनाथपुर गाउँपालिकाको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रमुख अतिथिको रूपमा उपस्थित रहदै कार्यक्रमको शुभारम्भ गरे ।
अध्यक्ष श्रीकान्त यादवले कार्यक्रममा सहभागि सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै भने, "हाम्रो पालिकामा रहेका युवाहरूलाई सरकारी सेवाप्रति रुचि बढाउँदै, सही मार्गदर्शन र तयारीको अवसर प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो । शिक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्नु नै समृद्ध समाजको आधार हो भन्ने विश्वासका साथ यो कार्यक्रम संचालनमा ल्याइएको हो ।"
उनले थपे, "तपाईहरूको दृढ इच्छाशक्ति र निरन्तर अभ्यासले अवश्य नै लक्ष्यमा पुर्याउनेछ ।"
यो निःशुल्क लोकसेवा तयारी कक्षाले जगरनाथपुर गाउँपालिकाका युवाहरूलाई सरकारी सेवामा सामेल हुनका लागि आवश्यक तयारीको अवसर प्रदान गर्नेछ ।
कार्यक्रममा गाउँपालिका प्रमुख, उपाध्यक्ष र अन्य स्थानीय अगुवाहरूको उपस्थिती थियो ।