काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघका नेताहरूले पब्लिक युथ क्याम्पसमा तोडफोड गरेका छन् । स्ववियु निर्वाचनलाई लिएर पटक पटक विवाद हुँदै आएको पब्लिक युथ क्याम्पसमा भोली निर्वाचन तोकिएको थियो ।
निर्वाचनका लागि उम्मेदवार मनोनय दर्ता हुुन लागेपछि नेविसंघ नेताहरु तोडफोडमा उत्रिएको सिसिटिभी भिडियोमा देखिन्छ । भिडियोमा पहिले उनीहरुले कार्यलयको कोठामा छिरेर सिसिटिभी भाँच्ने प्रयास गरेका छन् । त्यसपछि उनीहरुले कार्यालय तोडफोड गरेको देखिन्छ ।
नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग गरेको छ ।