सर्लाही | सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा दुई जनाको शव फेला परेको छ । पर्सा गाउँपालिका-४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको शव खाडलमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, सुजित माझी तीन दिनदेखि बेपत्ता थिए र उनको शव खाडलमा डुबेर ज्यान गएको पुष्टि भएको छ ।
त्यसैगरी, पर्सा-२,सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा मेला हेर्न गएका बालक तीन दिनदेखि हराइरहेका थिए। परिवारले प्रहरी चौकी नारायणपुरमा सूचना दिएका थिए,र खोजीका क्रममा उनका शव खाडलमा फेला परेका छन् ।
अर्कोतर्फ, लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ। मृतक ४५ वर्षीय लक्ष्मण महतोका शव जीर्ण झोलुङ्गे पुलमुनि फेला परेको जानकारी प्रहरी प्रवक्ताले दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।