नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव कमलकुमार उपाध्यायलाई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ ।
मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्याय बाराबाट प्रकाशन हुने कृपा दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुन्। पत्रकारिता क्षेत्रमा लामो अनुभव र योगदान दिएका उपाध्याय विगतदेखि नै मधेश क्षेत्रमा सञ्चार माध्यमको सशक्तिकरण, पत्रकार अधिकार र नीति निर्माणमा सक्रिय रहँदै आएका छन् ।
मधेश प्रदेश मिडिया काउन्सिल सञ्चार माध्यमको विकास, अनुगमन तथा सुधारका लागि गठन गरिएको संवैधानिक निकाय हो । काउन्सिलको नेतृत्वमा उपाध्यायको नियुक्तिसँगै पत्रकारिता क्षेत्रको नीति निर्माण, प्रेस स्वतन्त्रता र मिडिया अनुगमनमा थप प्रभावकारिता आउने प्रदेश सरकारकाे अपेक्षा नवनियुक्त अध्यक्ष उपाध्यायले प्रदेशको सञ्चार क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पत्रकारिताको मर्यादा कायम गर्न आफू कटिबद्ध रहने बताएका छन् ।
उनले मिडिया काउन्सिललाई निष्पक्ष, सबल र व्यावसायिक संस्था बनाउने प्रतिबद्धता जनाएका छन् ।