जनकपुरधाम । मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा जीतेन्द्र खड्गलाई नियुक्त गर्ने निर्णय गरेको छ।
गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीले उक्त जानकारी दिँदै सञ्चार क्षेत्रको सुधार, नियमन, अनुगमन तथा समुन्नत विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
नियुक्त भएका उपाध्याय बाराका स्थायी बासिन्दा हुन् भने खड्ग सप्तरीका हुन्। दुवैजना लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। सरकारको यस निर्णयले प्रदेशस्तरीय सञ्चार संस्थाहरूमाझ नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।