रोल्पा | रोल्पामा कुकुरलाई रुखमा झुण्ड्याएर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
रोल्पा जिल्लाका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्बर पुनले कुकुरमाथि अमानवीय व्यवहार गर्दै रुखमा झुण्ड्याएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरि पशुपन्छी सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनापछि जनस्तरमा चासो बढेको र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।