काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष क्रिकेट टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ ।
आज सार्वजनिक भएको वरीयतामा भारतले एकदिवसीय र टी-२० क्रिकेटमा शीर्ष स्थान प्राप्त गरेको छ। यस वर्ष भारतले च्याम्पियन्स ट्रफी र गत वर्ष टी-२० विश्वकप जितेको थियो ।
भारत एकदिवसीय वरीयतामा पहिलो स्थानमा, टी-२० वरीयतामा पनि पहिलो स्थानमा रहेको छ। तर टेस्ट क्रिकेटको वरीयतामा भारत चौथो स्थानमा रहेको छ ।
यसैगरी, एकदिवसीय वरीयतामा न्युजिल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छन्। टी-२० वरीयतामा अस्ट्रेलिया दोस्रो र इङ्गल्यान्ड तेस्रो स्थानमा छन् । टेस्ट वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा, इङ्गल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेका छन् ।
नेपाल एकदिवसीय र टी-२० वरीयतामा १८औं स्थानमा यथावत् रहेको छ ।
आईसीसीले वरीयताको गणना गर्दा सन् २०२४ मे महिनादेखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र अघिल्ला दुई वर्षका खेलहरूको दर ५० प्रतिशत राखेको छ।