बारा जिल्लाको नौतन चोकबाट मानसिक अवस्था कमजोर रहेका एकजना ४५ वर्षीय बेवारिसे पुरुषलाई उद्धार गरिएको छ ।
आफूलाई ‘ठाकुर’ नाम बताउने ती पुरुषलाई मानव सेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरी आश्रममा राखेकाे छ । उद्धार गरिएको व्यक्तिलाई मानव सेवा आश्रम वीरगञ्ज पुर्याएपछि साफसफाइ तथा नुहाइ–धुवाइ गरी डाक्टर भरत गोईतको निगरानीमा औषधोपचार सुरु गरिएको मानव सेवा आश्रम वीरगंजले जनाएको छ ।
उक्त उद्धार कार्यमा मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय प्रनिका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरी समसुल मिया धोबी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
मानव सेवा आश्रमले यस्ता मानसिक र शारीरिक रूपमा कमजोर तथा बेवारिसे अवस्थाका व्यक्तिहरूलाई उद्धार गरी संरक्षण गर्दै आएको छ ।
आश्रमको पहलमा हालसम्म सयौं मानसिक अवस्था कमजाेर भएका तथा बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूलाई पुनःस्थापित गरेका छन् ।