पथलैया, बारा –
सार्वजनिक यातायात क्षेत्रका हित र मागका पक्षमा संयुक्त रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णयअनुसार आज पथलैया चोकमा सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिको विरोध प्रदर्शन सम्पन्न भएको छ ।
चारवटा सार्वजनिक यातायात महासंघ र चारवटा मजदुर संघ–संगठनको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा संघका अध्यक्ष श्री ओमकृष्ण कार्की, अन्य पदाधिकारीहरू, यातायात तथा ढुवानी व्यवसायीहरू, चालक तथा सह–चालकहरू सहभागी भएका थिए ।
कार्यक्रममा वक्ताहरूले सार्वजनिक यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन सरकारलाई गम्भीरताका साथ सम्बोधन गर्न आग्रह गरे । साथै, आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रुपमा अघि बढाइने चेतावनीसमेत दिएका थिए ।
सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समितिले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या र सरकारको उदासीनताविरुद्ध शान्तिपूर्ण आन्दोलनको कार्यक्रम तय गरेको हो ।