मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले पदबाट राजीनामा दिएका छन् ।
कर्णले आफ्नो राजीनामा सोमबार मध्यरातमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । उनले मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकार पदबाट राजीनामा दिएको जानकारी फेसबुक पोस्टमार्फत सार्वजनिक गरेका हुन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कर्णलाई मुख्यमन्त्री सिंहले २०८१ साल भदौ ७ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए ।
कर्णको राजीनामाको कारणबारे स्पष्ट जानकारी नआए पनि उनले सार्वजनिक रूपमा पद परित्याग गरेपछि प्रदेशको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
मुख्यमन्त्री सिंह जनमत पार्टीबाट निर्वाचित प्रदेश प्रमुख हुन् । राजीनामासँगै अब नयाँ सल्लाहकारको नियुक्तिबारे समेत चासो बढेको छ ।