सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड राजविराज शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपनी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय छपकी भतौलका दलित तथा विपन्न समुदायका ७० जना छात्रालाई विद्यालय झोला (ब्याग) वितरण गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा बैंकले सो विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क झोला वितरण गरेको हो । कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष छेदी इसर र शिक्षा शाखा प्रमुख देवराज अधिकारीले बैंकको उक्त सहयोगप्रति खुसी व्यक्त गर्दै शिक्षामा पहुँच बढाउन यस्तो कार्यक्रम प्रेरणादायक हुने बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव नारायण यादव, पत्रकार विनय कर्ण, सिटिजन्स बैंक राजविराज शाखाका प्रबन्धक राज कुमार यादव, बैंकका अन्य प्रतिनिधिहरू तथा विद्यार्थीका अभिभावकहरूको समेत उपस्थिति थियो । झोला वितरणपछि सहभागीहरूबीच सामूहिक तस्वीर पनि खिचिएको थियो ।
बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
भिडियाे सामाग्री