सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त सम्झौता मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा सम्पन्न भएको हो । सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना हुने उद्योगधन्दालाई लक्षित गर्दै विद्युत सेवा विस्तार गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो ।
ढकालले जानकारी दिएअनुसार अब उद्योग मन्त्रालयबाट बहुवर्षीय परियोजनाहरू स्वीकृत भएपछि टेन्डर आह्वान गरेर सबस्टेशन निर्माणका बाँकी प्रक्रिया अघि बढाइनेछ । सिमरामा कस्ता र कति क्षमताका उद्योगहरू स्थापना हुनेछन् भन्ने कुराको अध्ययनपश्चात् सोही अनुसारको पावर सप्लाइ सुनिश्चित गरिने प्राधिकरणले जनाएको छ ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरण र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) दुवैका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।