वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुतिका लागि आह्वान गरिएको बोर्ड बैठक वडाअध्यक्षहरूको असन्तुष्टिपछि छलफलमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठक आइतबार दिउँसो २ बजेका लागि प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको संयोजनमा बोलाइएको थियो । बैठक सुरु भएसँगै वडा नम्बर २ का अध्यक्ष महमद रेयाज मियाकी पत्नीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै वडाअध्यक्षहरूकाे विराेध शुरू भएकाे थियाे ।
नीति तथा कार्यक्रम, बजेट प्रक्रिया, कार्यविधि र ऐन–नियमावलीको लगायतकाे विषयमा बाेलाइएकाे छलफलमा तिब्र अस्न्तुष्टि भएपछी बैठक स्थगित भएकाे हाे । वडा अध्यक्षाहरूले बाेर्डमा भएकाे निर्णयकाे माइन्यूट नदेखाउने विविध विषयमा जे पनी थपिदिने लगायतकाे विषयमा चर्काे आलोचना भएको थियो । तिब्र असन्तुष्टिका कारण असार ३ गते बस्नेगरी बैठक स्थगित गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय तह आर्थिक कार्यविधि अनुसार आर्थिक वर्ष सुरु हुनु अघि नै नीति तथा कार्यक्रम स्वीकृत भइसकेर बजेट पनि असार १५ भित्र पारित भइसकेको हुनुपर्नेमा वीरगञ्जमा गत ८ महिनादेखि कार्यपालिका बैठक बस्न नसकेको आरोप लाग्दै आएको छ ।
वीरगञ्ज महानगरपालिका मधेश प्रदेशकै एक मात्र महानगर हो । यस्तो अवस्थामा नीति र बजेट सम्बन्धी प्रक्रिया नै अवरुद्ध हुनुले समग्र विकास योजना प्रभावित हुने जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।
भिडियाे सामाग्री