वीरगन्ज महानगरपालिकाले यही असार १३ गते शुक्रबार गहवामाईको भव्य रथयात्रा आयोजना हुने भएकाले उक्त दिन महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शिक्षा शाखाले मंगलबार एक सूचना जारी गर्दै रथयात्राका कारण विद्यालयहरू बन्द रहने जानकारी गराएको हो । प्रमुख शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा असार १३ गतेका लागि पठनपाठन स्थगित गरिएको उल्लेख छ ।
स्मरण रहोस्, वीरगन्जको गहवामाई रथयात्रा ऐतिहासिक र सांस्कृतिक महत्वको पर्वका रूपमा हेरिन्छ, जसमा स्थानीयवासीहरूको व्यापक सहभागिता रहने गर्छ ।