प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक बन्न शिक्षा संकाय बाहेक अन्य संकायबाट अध्ययन गरेका व्यक्तिहरूलाई पनि अवसर दिने सहमति जुटाएको छ।
यससँगै, शिक्षक सेवा आयोगले लिने अध्ययन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अनिवार्य गरिएको छ।
समितिले पारित गरेको व्यवस्थाअनुसार, प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन हुँदा वा हरेक पाँच वर्षमा सरकारले तोकेको पुनर्ताजगी (refresher) तालिम लिइ आफ्नो लाइसेन्स अध्यावधिक (renew) गर्नु पर्नेछ।