वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को असार महिनामा उल्लेखनीय राजस्व संकलन गर्दै मासिक लक्ष्यको ९०.१६ प्रतिशत हासिल गरेको छ । कार्यालयले असार ३२ गतेसम्ममा रु. १९ अर्ब ९६ करोड ६५ लाखको लक्ष्यमध्ये रु. १९ अर्ब ७६ करोड ७६ लाख ५० हजार राजस्व संकलन गरेको हो ।
एकै दिनमा ११ करोडभन्दा बढी राजस्व संकलन
असार महिनाको अन्तिम दिन (बुधबार) मात्र रु. ११ करोड ८२ लाख २० हजार राजस्व संकलन भएको थियो, जुन दैनिक औसत लक्ष्य रु. ६ करोड १२ लाख ७० हजारको तुलनामा दोब्बरभन्दा बढी हो ।
वार्षिक लक्ष्यको ८० प्रतिशतभन्दा बढी संकलन
चालु आर्थिक वर्षमा वीरगंज भन्सार कार्यालयले हालसम्म रु. १७ अर्ब ५९ करोड ३६ लाख ५० हजार राजस्व संकलन गरिसकेको छ । यो चालु आर्थिक वर्षको लक्ष्य रु. २१ अर्ब ८९ करोड ५५ लाख ९० हजारको ८०.३५ प्रतिशत हो ।
मासिक लक्ष्यअनुसार उतारचढाव
भन्सार कार्यालयको मासिक प्रगति विवरणअनुसार, चैत्र महिनामा: लक्ष्य रु. १ अर्ब ९३ करोड ७० लाख, संकलन रु. १ अर्ब ५४ करोड ७० लाख, जेठ महिनामा: लक्ष्य रु. १ अर्ब ८९ करोड, संकलन रु. १ अर्ब ५७ करोड २० लाख
अधिकतम संकलन भएको महिना: लक्ष्य रु. २ अर्ब ७ करोड ५० लाख, संकलन रु. १ अर्ब ७८ करोड ४० लाख
डिजेलबाट सबैभन्दा धेरै राजस्व
राजस्व संकलनमा डिजेलको आयातले महत्वपूर्ण भूमिका खेलेको छ । असार महिनाको अन्तिम दिनसम्म संकलित तथ्याङ्क अनुसार, डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ (एयर टरबाइन फ्युल), पोलीथिन दाना प्रमुख राजस्वदायी वस्तुहरू हुन् ।
- डिजेल (२५,००० केएल): रु. ९ करोड ७४ लाख ३० हजार
- पेट्रोल (३०० केएल): रु. १ करोड ६९ लाख
- पोलीथिन दाना (३६०,००० केजीएम): रु. ९९ लाख
- एटीएफ (७२० केएल): रु. ९९ लाख
- एलपी ग्यास (४५३,१९७ केजीएम): रु. ९१ लाख
अन्य आयातित वस्तुहरू
तयारी कपडा, अलकत्रा (बिटुमिन), बेस आयल, काँचको सिसी बोतल लगायतका वस्तुहरू पनि उल्लेख्य परिमाणमा आयात भई राजस्व संकलनमा योगदान पुगेका छन् । भन्सार स्रोतका अनुसार, नियमित निगरानी, प्रविधिमैत्री प्रणाली र चुस्त प्रशासनिक संयन्त्रका कारण राजस्व संकलनमा सुधार देखिएको हो ।