वीरगञ्जमा खानेपानी समस्या समाधानका लागि जारि रहेको बोरिङ जडान कार्य बजेट अभावका कारण रोकिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख विपुल लाल दासका अनुसार गत आव २०८१/८२ मा ९४ वटा डिप बोरिङ जडान गरिएको थियो । चालु आवमा करिब ५० वटा बोरिङ जडान भइसके पनि बजेट नहुँदा अबको काम रोकिने उनले बताए । दासका अनुसार उपभोक्ता समितिमार्फत बोरिङ गाड्न ७–८ लाख र टेन्डर प्रक्रियाबाट ८–१० लाख रुपैयाँ लाग्ने गरेको छ । हाल पनि माग उच्च भए तापनि बजेट सुनिश्चित नभएकाले थप बोरिङ जडान गर्न नसकिने अवस्था आएको छ ।
यसैबीच, वीरगञ्ज महानगरपालिका र प्रदेश सरकारमार्फत पनि बोरिङ जडान भइरहेको भए पनि हालसम्म यथार्थ तथ्यांक उपलब्ध गराइएकाे छैन ।
भिडियाे सामाग्री