नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट उत्कृष्ट सार्वजनिक विद्यालयहरू छानेर नमुना विद्यालयको रूपमा घोषणा गरेको छ ।
मन्त्रालयले प्रकाशित गरेकाे सूचीअनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट कुल ६५ वटा सामुदायिक विद्यालयहरूलाई छनाेट गरेकाे हो । शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अघि बढाइएको ‘नमुना विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि, २०८२/८३’ अनुसार आधुनिक पूर्वाधारयुक्त, प्रविधिमैत्री, समावेशी शिक्षालयको रुपमा यी विद्यालयहरूलाई विकास गरिनेछ ।
पर्साबाट ५ विद्यालय समावेश
पर्सा जिल्लाबाट ५ वटा विद्यालय छनोट गरिएका छन्, जसमा विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख विद्यालयहरू रहेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत नृसिंह मावि पिपरामठ, पोखरिया नगरपालिकाको जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, बहुदरमाई नगरपालिकाको देवनन्दन देवराज मावि, ठोरी गाउँपालिकाको सरस्वती मावि गौतमनगर र सखुवा प्रसौनी गाउँपालिकाको दीपनारायण आदर्श मावि नमुना विद्यालयमा परेका छन् ।
छनोटमा परेका पर्साका विद्यालयहरू यस प्रकार छन्:
- 1. नृसिंह माध्यमिक विद्यालय, पिपरामठ – वीरगञ्ज महानगरपालिका
- 2. जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया – पोखरिया नगरपालिका
- 3. देवनन्दन देवराज माध्यमिक विद्यालय, रामनगरी – बहुदरमाई नगरपालिका
- 4. सरस्वती माध्यमिक विद्यालय, गौतमनगर – ठोरी गाउँपालिका
- 5. दीपनारायण आदर्श माध्यमिक विद्यालय, औरहा – सखुवा प्रसौनी गाउँपालिका
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का नेरा मावि जितपुर र नेरा मावि बकुलिया, आदर्शकोतवाल गाउँपालिकाको रामचरित्र मावि जयनगर, निजगढ नगरपालिका वडा नं. ८ को गौरीशंकर मावि, महागढीमाई नगरपालिकाको गढीमाई महेन्द्र मावि, कलैया उपमहानगरपालिकाको दुर्गा मावि बैरिया र कोल्हवी नगरपालिका वडा नं. ४ को नेरा मावि सपही पनि नमुना विद्यालयमा सूचीकृत भएका छन् ।
बाराबाट ७ विद्यालय चयन
यसैगरी बारा जिल्लाबाट ७ वटा विद्यालय नमुना विद्यालयमा सूचीकृत भएका छन् । ती विद्यालयहरूमध्ये धेरैजसो नगरपालिकाका मुख्य केन्द्रमा रहेका छन् ।
- 1. ने.रा. मा.वि., जितपुर – जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २
- 2. ने.रा. मा.वि., बकुलिया – जितपुर सिमरा उपमहानगरपालिका
- 3. रामचरित्र माध्यमिक विद्यालय, जयनगर – आदर्शकोतवाल गाउँपालिका
- 4. गौरीशंकर मा.वि., निजगढ – निजगढ नगरपालिका वडा नं. ८
- 5. गढीमाई महेन्द्र मा.वि., बरियारपुर – महागढीमाई नगरपालिका
- 6. दुर्गा मा.वि. सेवा, बैरिया – कलैया उपमहानगरपालिका
- 7. ने.रा. मा.वि., सपही – कोल्हवी नगरपालिका वडा नं. ४
यी विद्यालयहरूमा शैक्षिक वातावरण सुदृढ बनाउँदै, ICT प्रयोग, डिजिटल कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद तथा सांस्कृतिक क्रियाकलापका संरचना विकास गरिनेछ । यी विद्यालयहरूमा विद्यार्थी संख्याको अनुपात, नतिजा, समावेशिता, भौतिक पूर्वाधार, शिक्षक स्रोत र व्यवस्थापनलगायतका मापदण्डका आधारमा छनोट गरिएको मन्त्रालयले जनाएको छ।
बारा र पर्सासहित मधेश प्रदेशका अन्य जिल्लाबाट पनि उल्लेख्य संख्यामा विद्यालय छनोट भएका छन् । ती यस प्रकार छन्:
- रौतहट – ११ विद्यालय
- सप्तरी – ५ विद्यालय
- सर्लाही – १० विद्यालय
- सिराहा – ९ विद्यालय
- धनुषा – १० विद्यालय
- महोत्तरी – ८ विद्यालय
शिक्षा मन्त्रालयका अनुसार, छनोट गरिएका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, शिक्षक दक्षता विकास, सिकाइका लागि अनुकूल वातावरण निर्माण, डिजिटल शिक्षण सामग्रीको प्रयोग, समावेशी शिक्षाको प्रवर्धन र विद्यार्थीको समग्र विकासमा जोड दिइनेछ ।
नमुना विद्यालय कार्यक्रमले सामुदायिक विद्यालयप्रतिको आमविश्वास बढाउने र निजी विद्यालयतर्फको निर्भरता घटाउने लक्ष्य लिएको छ ।
भिडियाे सामाग्री