सप्तरी | सप्तरीमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई हवाई फायर गर्दै पक्राउ गरेको छ । आइतबार बिहान विशेष सुराकीका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दा फरार हुन खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरीको वडिबिरपुर–१ निवासी विशाल राय र डागनेश्वरि–७ निवासी मनोज राय रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले झण्डै २०० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
घटनास्थलबाट पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । लागूऔषध कारोबारमा संलग्न व्यक्तिमाथि कडा निगरानी र कारबाही गर्न प्रहरीले सक्रियता बढाएको जनाएको छ ।