वीरगंज | पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई वीरगंजबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा बिन्दावासीनी गाउँपालिका–५, प्रसौनीका साहेब खाँलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, वीरगंज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट खाँलाई हतियारसहित नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाले कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो ।
पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार उनीमाथि हातहतियार सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।